२ कार्तिक २०८३, सोमबार

आउँदो हिउँदे अधिवेशन नयाँ संसद भवनमा गर्ने लक्ष्य छ: प्रधानमन्त्री प्रचण्ड

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय संसदको नयाँ भवन निर्माणको काम छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् ।

सोमबार सिंहदरबारमा निर्माणाधीन नयाँ संसद भवनको निरीक्षण गर्दै प्रधानमन्त्री प्रचण्डले आउँदो हिउँदे अधिवेशन नयाँ भवनमा गर्ने लक्ष्य रहेको भन्दै भवन निर्माणको काम छिटो सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

नयाँ संसद भवन देशको गौरव भएकाले युद्धस्तरमा काम गर्नका लागि कुनै सम्झौता नगर्न समेत उनले निर्देशन दिए । प्रधानमन्त्री प्रचण्डले देशको एकमात्र सार्वभौम संस्थाको आफ्नै भवन नहुनु नमिठो कुरा रहेकाले आफूले आफ्नै संसद भवन निर्माण गर्न पहल गरेको स्मरण गरे ।

उनले हतारमा डिपीआर बनाएको प्रश्न उठ्दा पनि १२ वटा भवनको काम सकिन लागेको देखिएको र समन्वयका आधारका काम भएको जानकारी पाउदा खुसी लागेको जिकिर गरे ।