२८ कार्तिक २०८३, शनिबार

बालेन मेयर साप, मुद्दा लाग्दा हच्किनु हुन्नः हर्क साम्पाङ

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असार । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बोलन साहलाई मुद्दा लाग्दैमा चिन्ता नलिइ अघि बढ्न अनुरोध गरेका छन् ।

सोमबार बिहान सामाजिक सञ्जालमा लेख्दै मेयर साम्पाङले आफूलाई त्यस्तो मुद्दा हप्तामा दुई-तीन वटा लाग्ने गरेको उल्लेख गरेका छन् । ‘बालेन मेयर साप, मुद्दा लाग्दा हच्किनु हुन्न ! त्यस्ता जाबा मुद्दा त हप्तामा २-३ वटा लाइरन्छ मलाई त ! ढोइट… भन्दै अघि बढ्नु पर्छ ! ढोइट…’ साम्पाङले फेसबुकमा लेखेका छन् ।

हिजो मेयर साहले आफू अपराधी करार भएको बताएका थिए । फेसबुकमा सर्वोच्च अदालतको तारेखको पर्चाको तस्वीर राख्दै बालेनले आफू अपराधी भएको टिप्पणी गरेका थिए ।

उनले भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफू अपराधी भएको र प्रधानमन्त्रीले भारतले देशको प्रधानमन्त्री बनाउँछ भन्दा छुट पाएको दिन भएको लेखेका थिए । ‘आज एउटा विशेष दिन । आजबाट म तारिखमा छु । भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा र आजै, प्रधानमन्त्रीज्युले छूट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा । म आज बाट अपराधी,’ उनले लेखेका थिए ।