२८ कार्तिक २०८३, शनिबार

आफ्नै घरको बाथुरुमा नुहाउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ, २४ असार । धादिङको नीलकण्ठ नगरपालिका-५ फ्याक्सेमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

शनिबार आफ्नै घरको बाथरुममा नुहाउन गएकी २३ वर्षीया मुना श्रेष्ठको मृत्यु भएको हो । बाथरुमा रहेको जास्तामा छुँदा करेन्ट लागेर उनको घटनास्थलमा नै मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उनको श्रीमान नारायण श्रेष्ठ काठमाडौंमा काम गर्ने बुझिएको र माइती पक्षलाई खबर गरिएको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल धादिङबेसीमा ल्याइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।