२८ कार्तिक २०८३, शनिबार

सडक दुर्घटनाको विषयमा सुक्ष्म अध्ययन र अनुसन्धान हुन जरुरीः अध्यक्ष ओली

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असार । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दैनिक रुपमा भएका सडक दुर्घटनाप्रति चिन्ता व्यक्त गरेका छन् ।

पछिल्लो तीन महिनामा दैनिक रुपमा औसत ६ जनाले सडक दुर्घटनामा ज्यान गुमाएको रेकर्ड सार्वजनिक भएको भन्दै अध्यक्ष ओलीले यसबारे सुक्ष्म अध्ययन र अनुसन्धान गर्न जरुरी रहेको औल्याएका छन् ।

आइतबार सामाजिक सञ्जालमा लेख्दै ओलीले भनेका छन्ः

पछिल्लो तीन महीना नेपालमा प्रतिदिन ६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेको रेकर्ड सार्वजनिक भएको छ। दुर्घटनाका कारणहरु हाम्रा सडक पूर्वाधार, सडक अनुशासन, ट्राफिक नियमको पालना र सवारी साधनको स्थिति लगायत अनेकौं हुन सक्छन् । यस विषयमा सुक्ष्म अध्ययन र अनुसन्धान हुन जरुरी देखियो ।