२८ कार्तिक २०८३, शनिबार

समाजवादी मोर्चाको पहिलो बैठक आज बस्दै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असार । समाजवादी मोर्चा, नेपालको पहिलो बैठक आज बस्ने भएको छ ।

बैठक नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय, अलोकनगरमा अपरान्ह ४ बजे बस्नेछ ।

बैठकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुने बताइएको छ ।

नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताको अगुवाईमा यही असार ४ गते मोर्चा घोषणा गरिएको थियो ।