२८ कार्तिक २०८३, शनिबार

मकवानपुरमा ट्रक दुर्घटना पछि आगलागी अपडेटः जलेर ३ जनाको मृत्यु

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २३ असार । मकवानपुरको मनहरी–३ नयाँबस्ती डिपाट गाउँमा दुई ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएर ट्रकमा आगलागी हुँदा जलेर तीनजनाको मृत्यु भएको खुलेको छ ।

गएराति हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ना ६ ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशा तर्फबाट आउँदै गरेको ना ६ ख ६३१ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएर दुवै ट्रक आगलागी भएको थियो ।

जिल्ला प्रहरी कायालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले घाइते भएका ट्रक चालकले दिएको जानकारी अनुसार ट्रकमा अन्य तीन जना सवार थिए ।

‘घाइतेको भनाइ अनुसार ट्रकमा तीन जना सवार थिए भन्ने खुलेको छ ।’ डिएसपी कार्कीले भने, ट्रक पूर्ण रुपमा जलेर नष्ट भएको छ, शव पनि जलेर नष्ट भएको छ । घाइतेका अनुसार ट्रकमा तीनजना भन्ने खुलेको छ ।’

उनले घटनाको थप अनुसन्धान भइरहेको बताए ।

प्रहरीका अनुसार ट्रकमा सवार चितवन राप्ती–३ बस्ने अन्दाजी ३५ वर्षीय विवेक तमाङ र मकवानपुरको मनहरी–३ बस्ने अन्दाजी ३२ वर्षीय अर्जुन कुमार प्रजा घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि भरतपुर पठाइएको छ ।

यसअघि प्रहरीले ट्रक चालकहरु मात्र घाइते भएको जानकारी दिएको थियो । ट्रकको आगो नियन्त्रणमा लिने क्रममा शव फेला परेको बताइएको छ ।