२ कार्तिक २०८३, सोमबार

नबिल बैंकको २५६औँ शाखा उद्घाटन, शैक्षिक कर्जा तथा सेवालाई सहजीकरण गर्ने

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असार । नबिल बैंक लिमिटेडले आफ्नो २५६ औँ बैंकिङ शाखा सञ्चालनमा ल्याएको छ । नेपालको अग्रणी बैंकिङ संस्थाका रूपमा रहेको नबिल बैंकले पुतलीसडकस्थित बन्दीपुर कम्प्लेक्समा नयाँ शाखा शुक्रबारबाट सञ्चालनमा ल्याएको हो ।

शाखा उद्घाटन नबिल बैंकका निर्देशक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले संयुक्त रिबन काटेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै निर्देशक पौड्यालले परामर्श हवका रूपमा परिचित पुलीसडकमा नबिलको शिक्षा हवले विद्यार्थी, अभिभावक तथा परामर्श केन्द्रलाई उत्तम सेवा दिनेमा विश्वस्त रहेको बताए।

शैक्षिक कर्जालगायत चाहिने अरु सम्पूर्ण बैंकिङ सेवा एकै ठाउँबाट दिने उद्देश्यका साथ यो शाखा उद्घाटन गरिएको सिइओ ढुंगानाले बताए । उनले सेवाग्राहीको मागलाई सम्बोधन गर्न नयाँ शाखा विस्तार गरिएको जनाए । विद्यार्थीहरूका लागि शैक्षिक गतिविधि र उनीहरूको गन्तव्य देशको यात्राका लागि बैंकिङ पहुँच दिने र दायरा विस्तार गर्ने अन्य परिष्कृत सेवा प्रदान गर्ने विषयमा बैंक प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।

नयाँ शाखाको विशेष प्राथमिकता शैक्षिक कर्जामा हुने बताउँदै शाखा प्रमुख विनय देवकोटाले सेवाग्राही विद्यार्थी, अभिभावक तथा परामर्शदातालाई सरल बैकिङ सेवा प्रदान गर्न सधैं तत्पर रहने बताए ।

उद्घाटन समारोहमा फेकनका अध्यक्ष वासुदेव नेपाल, इरिनका अध्यक्ष हेमन्त भट्टराई, एरी नेपालका अध्यक्ष महेशबाबु तिमिल्सिना, इक्यानका अध्यक्ष प्रकाश पाण्डे, नाएरका अध्यक्ष प्रेम पाण्डे र नेकाका अध्यक्ष सन्तोष प्याकुरेलका साथै युनिभर्शल ल्याग्वेजका संस्थापक उत्तम पन्तको विशेष उपस्थिति रहेको थियो । नबिल बैंकलाई विस्तारित शाखाका लागि बधाई दिँदै उनीहरुले विद्यार्थीहरूका लागि शैक्षिक गतिविधिका लागि चाहिने बैंकिङ सेवा नबिलले सहज वातावरणमा सरल किसिमले प्रदान गर्ने विश्वास व्यक्त गरे ।

नियमित बैंकिङ सेवाहरूका साथै, शैक्षिक कर्जा चाहने सेवाग्राहीलाई एकद्धार सेवा प्रदान गर्ने लक्ष्य बैंकको छ । शिक्षा हवका रूपमा रहेको नबिल बैंकको यस शाखाले आइल्स, टोफेल, जिएरआई, एसएटीलगायतका परीक्षाको दर्ता शुल्क, भिसा प्रक्रिया शुल्क, कलेज तथा विश्वविद्यालयहरूमा ट्युसन शुल्क र अन्य शुल्कहरूका लागि विदेशी मुद्रा विनिमय दिनेलगायतका सुविधा दिने उल्लेख गरिएको छ । त्यस्तै विदेशी विद्यार्थीका स्वास्थ्य बिमाको भुक्तानीसमेत गर्न सकिने बैंकले जनाएको छ ।