
काठमाडौं, २२ असार । नेपाली बजारमा साताको अन्तिम दिन आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक सय रुपैयाँले घटेर १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजावी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घटेर १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।















प्रतिक्रिया