२८ कार्तिक २०८३, शनिबार

आफ्नै घरमा मृत भेटिए अभिनेता सारुक ताम्राकार

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असार । अभिनेता सारुक ताम्राकार आफ्नै घरमा मृत भेटिएका छन् ।

ताम्राकार काठमाडौंको रातोपुल स्थित आफ्नै घरमा मृत भेटिएका जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।

ताम्राकारको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनी पछिल्लो समय फिल्म ‘ह्यासट्याग माया’को छायांकनमा व्यस्त थिए । उनी कलाकार सानु ताम्राकारका छोरा हुन् ।