३० आश्विन २०८३, शुक्रबार

भूकम्पबाट पूर्वका पर्यटन व्यवसायीलाई २ अर्ब घाटा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-currency Paisaमोरङ, १४ जेठ । गत बैशाख १२ गते गएको विनाशकारी भूकम्पपछिको एक महिनामा पूर्वका पर्यटन व्यवसायीलाई २ अर्ब रुपैयाँ भन्दा बढी घाटा भएको छ ।

पर्यटक नआउँदा होटल, ट्राभल्स एजेन्सी लगायतका व्यवसाय नचल्ला व्यवसायीहरुलाई ठूलो घाटा भएको हो । पर्यटन व्यवसायीका अनुसार भारतीय पर्यटकहरु अझै आउन थालेका छैनन् ।

पूर्वमा आउने पर्यटक मध्ये ९० प्रतिशत भारतीय पर्यटक नै हुन् । भूकम्पपछि पूर्वमा भारतीय पर्यटक नआएको पर्यटन व्यवसायी भबिशकुमार श्रेष्ठले बताउनुभयो । भूकम्पको धक्का आउने क्रम जारी रहेकाले भारतीय पर्यटकहरु समेत नआएको उहाँको भनाइ छ ।

पूर्वमा २ सय भन्दा बढी पर्यटकीयस्तरका ठूला होटलहरु छन् । पर्यटक नआउँदा ती सबै होटलहरु यतिबेला सुनसान देखिन्छन् । भारतीय पर्यटकहरूकै कारण पूर्वका होटलहरू सधैंजसो खचाखच हुने गरेका थिए ।

काँकडभिट्टा र जोगबनी नाकाबाट दैनिक ५ सय भन्दा बढी घुम्नकै लागि पर्यटक पूर्व आउने गरेका थिए । तर पछिल्लो समय ५०–६० जना मात्रै आउने गरेको पूर्वाञ्चल क्षेत्रीय होटल एसोसिएसनका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो ।

काठमाडौं र आसपास घुम्न आउने तेस्रो मुलुकका पर्यटकलाई पूर्व र पश्चिमका पर्यटकीयस्थल जाने वातावरण बनाउनुपर्ने नेपाल होटल एसोसिएसन (हान) का केन्द्रीय सदस्य राजन श्रेष्ठको भनाइ छ ।

सगरमाथा, मकालु, कञ्चनजंघा लगायतका अग्ला हिमशृंखला पूर्वमै पर्छन् । पूर्वमा आउने पर्यटकहरू विराटनगरलाई केन्द्र बनाएर धरान, भेंडेटार, नाम्जे, धनकुटा, बसन्तपुर, हिले, इलाम, बराहक्षेत्र, हलेसी लगायतका पर्यटकीयस्थलमा घुम्न जाने गरेका छन् ।

यसरी आउने पर्यटकहरू कम्तिमा हप्तादिन पूर्वमा बस्ने गरेका थिए । स्थिति सामान्य बन्दै गएकाले जेठको अन्तिम देखि पर्यटक आउने व्यवसायीहरुको विश्वास छ ।