२८ कार्तिक २०८३, शनिबार

पोखरामा पनि सुरु भयो ‘राष्ट्रपतिको सहयोगार्थ’ १ रुपैयाँ संकलन अभियान

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, २१ असार । राष्ट्रपति रामचन्द्र पौडेलको सहयोगार्थ १ रुपैयाँ संकलन अभियान पोखरामा पनि सुरु भएको छ ।

नेकपा (एमाले) निकट अनेरास्ववियु र युवा संघले १ रुपैयाँ संकलन अभियान सुरू गरेको हो । बुधबार प्रदेश कमिटीले प्रदेश सभा बाहिर चन्दा संकलन गरेको हो । गण्डकीका निवर्तमान मुख्यमन्त्री एवं नेकपा एमाले नेता खगराज अधिकारीसहित सांसदहरूले चन्दा दिएका थिए ।

पोखरासहित प्रदेशभर अभियानमार्फत उठ्ने पैसा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत राष्ट्रपति कार्यालयमा पठाइने अनेरास्ववियु गण्डकी प्रदेश सह संयोजक सुशन घिमिरेले जानकारी दिए ।

काठमाडौंसहित देशको विभिन्न जिल्लामा विद्यार्थीहरुले राष्ट्रपतिलाई उपचार खर्च भन्दै १ रुपैयाँ अभियान चलाएका छन् ।

भारतमा उपचार गर्दा लागेको खर्च आफैँले तिर्ने वचन दिएका राष्ट्रपति पौडेलले नतिर्ने भएपछि अनेरास्ववियुले सहयोग अभियान चलाएको हो ।  परराष्ट्र मन्त्रालयले मंगलबार राष्ट्रपतिको उपचार खर्च ५५ लाख उपलब्ध गराउन अर्थमन्त्रालयलाई पत्र पठाएको थियो ।