१ कार्तिक २०८३, शनिबार

साफ च्याम्पियनसिप फाइनलः पहिलो हाफमा भारत र कुवेत १–१ को बराबरीमा

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असार । साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलको पहिलो हाफमा घरेलु टोली भारत र आमन्त्रित टोली कुवेतले बराबरी खेलेका छन् ।

भारतको बैंगलोरस्थित श्री कान्तेराव स्टेडियममा जारी खेलको पहिलो हाफमा भारत र कुवेतले एक–एक गोलको बराबरी खेलेका हुन् ।

खेलको १४औँ मिनेटमा कुवेतका साबिब अल खालदीले गोल गरेका थिए । भारतका लागि ३८औँ मिनेटमा लल्लियाजुआला छाङटेले गोल फर्काउँदै खेल बराबरीमा ल्याएका हुन् ।