
काठमाडौं, १९ असार । राप्रपा नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले सत्तारुढ दलहरुले रेडक्रस जस्तो परोपकारी संस्थामा पनि भागबन्डा गरेर कब्जा गर्नु दुर्भाग्य भएको बताएका छन् ।
मंगलबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले संवैधानिक अंग, न्यायपालिका, कुटनीतिक नियोग, विश्वविद्यालय जस्ता निकायहरुमा पार्टीगत भागबन्डा गरेर कुशासन, भ्रष्टाचार र वेथितीलाई संस्थागत गर्दै आएका सत्तारुढ दलहरुले रेडक्रसमा पनि भागबन्डा गरेको टिप्पणी गरेका छन् ।
थापाले रेडक्रस जस्तो परोपकारी संस्थामा पनि भागबन्डा गर्नु लोकतन्त्रको उपहास भएको उल्लेख गरेका छन् ।












प्रतिक्रिया