२८ कार्तिक २०८३, शनिबार

फिचर लेखनमा सुमन र सुनिता सर्वोत्कृष्ट

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, १८ असार । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले आयोजना गरेको फिचर समाचार लेखन प्रतियोगितामा पत्रकार सुमन दाहाल र सुनिता विष्ट सर्वोत्कृष्ट हुँदै पुरस्कृत भएका छन् ।

आइतबार महासंघले फिचर लेखन प्रतियोगिताको नतिजा सार्वजनिक गर्दै पुरुषतर्फ सर्वोत्कृष्ट भएका दाहाल र महिलातर्फ सर्वोत्कृष्ट भएकी विष्टलाई जनही नगद १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरेको हो ।

यसैगरी, महासंघले प्रतियोगितामा उत्कृष्ट १० जनालाई नगद १०/१० हजार रुपैयाँ पुरस्कार र प्रमाणपत्र प्रदान गरेको छ । उत्कृष्ट हुनेहरुमा पत्रकार खेम बोलखे, श्रीराम अर्जुन, अनिल पराजुली, प्रतिक्षा न्यौपाने, स्मिता अर्जेल, रविन ढुंगाना, निशा गुरुङ, सुजन ढकाल, प्रिया पौडेल र जुमना थिङ रहेका छन् । उनीहरुलाई हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले पुरस्कार प्रदान गरेकी थिइन् ।

महासंघले हेटौंडा उपमहानगरको आर्थिक सहयोगमा प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा १७ जना पत्रकारले सहभागिता जनाएका थिए । प्रतियोगिताको निर्णायकको रुपमा अग्रज पत्रकारहरु प्रताप विष्ट, रेवती सापकोटा र सम्झना कार्की रहेका थिए ।

नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर लामाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहाल, नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारी, प्रेस चौतारी नेपाल मकवानपुरका पूर्वअध्यक्ष धर्मेन्द्र दाहाल, प्रेस नेपालका केन्द्रीय अध्यक्ष मनोज ढोडारी, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष अञ्जली थापा, नेपाल समाजवादी पत्रकार संगठन मकवानपुरका अध्यक्ष शिव चौलागाई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।