
काठमाडौं, १७ असार । कोलम्बियामा दुईवटा जहाज आकाशमै ठोक्किएका छन् ।
संगसँगै उडिरहेका जहाज एकापसमा ठोक्किएका हुन् । जहाज ठोक्किएको भिडिओ अहिले सामाजिक सञ्जालमा पनि आएका छन् ।
तालिमका क्रममा हवाई सेनाका दुई टि–२७ नामक जहाज ठोक्किएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् । जहाज ठोक्किँदा एकजना पाइलट लेफ्टिनेन्ट कर्नेलको मृत्यु भएको छ ।
सामाजिक सञ्जालमा आएका भिडिओमा जहाज एकापसमा ठोक्किएपछि एउटा जहाजमा आगो लागेर जमिनमा खसेको देखिन्छ ।
Se accidentaron dos aviones de entrenamiento T-27 Tucano de la Fuerza Aérea a las 5:30pm en Apiay. El Teniente Coronel Mario Andrés Espinoza falleció. Todo nuestro apoyo a la familia. pic.twitter.com/CKhejJSOoE
— Steph Bates Prensa (@StephBatesPress) July 2, 2023















प्रतिक्रिया