२८ कार्तिक २०८३, शनिबार

बाढीका कारण जंगलको बीचमा फसेका चारजनाको उद्धार

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगन्ज, १७ असार । राप्ती नदीमा आएको बाढीका कारण जंगलको बीचमा फसेका चार जनालाई स्थानीय प्रशासनले शनिबार उद्धार गरेको छ ।

जंगलमा बाख्रा चराउन गएका छ मध्ये चार जनाको उद्धार भएको र थप दुई जनाको उद्धार गर्न लागेको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त प्रयासमा उनीहरूको उद्धार भएको थियो । उनीहरू सबै जना बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं २ का हुन् । घटनास्थलमा बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायलगायत छन् ।