
चितवन, १६ असार । नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ ।
इच्छाकामना गाउँपालिकाको तुइन खोला नजिक आज बिहान ३ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
बिहीबार दिउँसोदेखि अवरुद्ध भएको सडक हिजो साँझ सञ्चालनमा आएको थियो । आज बिहानै पहिरो खस्दा सडक खण्ड पुनः अवरुद्ध भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
पुनः पहिरो खसेपछि दुइतर्फी नै सडक अवरुद्ध बनेको छ । पहिरोका कारण सो सडक खण्ड हुँदै चल्ने सवारी साधन बाटोमा रोकिएका छन् ।
पानी परिरहेकाले तत्काल पहिरो पन्छाउने काम सुरु गर्न समस्या भएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया