
काठमाडौं, १५ असार । साताको अन्तिम दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ सय रुपैयाँले बढेर एक लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहको छ । यसअघि हिजो सुन प्रतितोला १ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यसैगरी, आज चाँदीको मूल्य भने १० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो ।















प्रतिक्रिया