२८ कार्तिक २०८३, शनिबार

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदैँ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १५ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिम्मतकुमार कार्कीले आज शु्क्रबार विश्वासको मत लिदैँछन् ।

आज बिहान ११ बजे बस्ने बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

यसअघि हिजो विश्वासको मत लिने कार्यसूची भएपनि विशेष कारणवश बैठक स्थगन भएको थियो । प्रदेश सभाको बिहीबार बसेको पहिलो बैठकपछि ३० मिटेनका लागि स्थगन गरिएकोमा बेलुकी ८ बजे बस्ने भनी सूचना जारी भएको थियो । बेलुकी ९ः३० बजे प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले जारी गरेको अर्को सूचनामा शुक्रबार ११ बजे बस्ने गरी बैठक स्थगन भएको उल्लेख छ ।

नेकपा (माओवादी केन्द्र)ले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिए पछि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् । कार्की नेकपा (एमाले)का ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

प्रदेश सभामा कुल ९३ सदस्य रहेकामा विश्वासको मत लागि ४७ मत आवश्यक पर्दछ ।