१ कार्तिक २०८३, आइतबार

पाकिस्तानको एक घरमा सशस्त्र समूहको आक्रमण, ९ जनाको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इस्लामावाद, १४ असार । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको एक घरमा बुधबार सशस्त्र समूहले आक्रमण गर्दा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका छन् ।

मालाकन्द जिल्लाको बगरदरा क्षेत्रमा बिहानै केही व्यक्तिले एक घरमा पसेर अन्धाधुन्ध गोली चलाउँदा एकै परिवारका सबै व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । पारिवारिक विवादका कारण आक्रमण भएको र तीन जनालाई पक्राउ गरिएको सुरक्षा अधिकारीले बताए ।

घटनालगत्तै सुरक्षाअधिकारी र उद्धारकर्मीहरू घटनास्थलमा पुगेका थिए र पीडितहरूलाई स्थानीय अस्पतालमा लगिएको थियो । मृत्यु हुनेमा चार महिला, तीन पुरुष र दुई बालबालिका रहेका छन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एएफपी