
काठमाडौं, १४ असार । जननेता मदनकुमार भण्डारीको ७२औँ जन्मजयन्ती आज मनाइँदैछ । तत्कालीन नेकपा (एमाले)का महासचिव भण्डारीको जन्म जयन्तीको अवसरमा देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।
एमाले र पार्टीका विभिन्न जनसंगठनहरूले आज विभिन्न कार्यक्रम गरी मदन जयन्ती मनाउन लागेका हुन् । एमाले निकट जनसंगठनहरुले मदन जयन्तीका अवसरमा पछिल्ला केही दिन देखि विभिन्न कार्यक्रम गरिरहेका छन् । आज मदन भण्डारी फाउन्डेसनले भण्डारीको जन्मजयन्तीको अवसरमा राष्ट्रिय सभागृह प्रदर्शनी मार्गमा ‘जबजका आयाम तथा विशेषताहरु’ विषयक विचार गोष्ठीको आयोजना गरेको छ ।
नेपाली कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद (जबज)’को सिद्धान्त प्रतिपादन गरेका भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो । जबजले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिएको छ ।
भण्डारीले २०४८ सालको महाधिवेशनमा पेस गरेको जबजको सिद्धान्तलाई तत्कालीन एमालेले आफ्नो पार्टीको सिद्धान्त मार्गचित्रको रुपमा लागू गर्दै आएको थियो । तत्कालीन एमालेका महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते दासढुंगामा भएको जिप दुर्घटनामा दुःखद निधन भएको थियो ।











प्रतिक्रिया