
काठमाडौं, १३ असार । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले बजेटको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
बुधबार बिहान बसेको बैठकले बजेटको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूसँग गरेका वाचा पूरा नगरेकाले बजेटको विपक्षमा मतदान गर्ने निर्णय भएको अध्यक्ष सीके राउतले जानकारी दिए ।
जनमत पार्टी सत्ता गठबन्धनभित्र आवद्व रहेको छ ।















प्रतिक्रिया