२८ कार्तिक २०८३, शनिबार

३० दिनभित्र सहकारी संस्थाहरूलाई विवरण बुझाउन काठमाडौं महानगरको अनुरोध

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असार । काठमाडौं महानगरपालिकाले ३० दिनभित्र सहकारी संस्थाहरूलाई आफ्नो विवरण उपलब्ध गराउन अनुरोध गरेको छ ।

महानगरअन्तर्गतको सहकारी विभागले आज सार्वजनिक सूचना प्रकाशन गर्दै महानगरभित्र रहेका सहकारी संस्थालाई ३० दिनभित्र आफ्नो विवरण बुझाउन अनुरोध गरेको हो ।

विभागले केही सहकारी संस्थाहरूले साधारणसभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायत तोकिए बमोजिमका विवरणहरू समयमा नै पेस नगरेको भन्दै विवरण बुझाउन अनुरोध गरेको छ ।

‘सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र काठमाडौं महानगरपालिका सहकारीले सहकारी विभागमा उक्त विवरणहरू बुझाई अद्यावधिक गर्नुहुन सम्बन्धित सबै सहकारी संस्थाहरूलाई अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ, ‘अन्यथा कानून बमोजिम कारबाही गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।’