५ कार्तिक २०८३, बिहिबार

एमाले र राप्रपाको अवरोधपछि बागमती प्रदेशसभा बैठक स्थगित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, १२ असार । बागमती प्रदेशसभाको बैठक स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहित राष्ट्रिय प्रजातन्त्र पार्टीले अवरोध गरेपछि बैठक स्थगित भएको हो ।

बजेट असमान रूपमा विनियोजन भएको भन्दै एमाले र राप्रपाले विरोध गरेका हुन् । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटलाई सरकारले निश्चित निर्वाचन क्षेत्रमा मात्रै विनियोजन गरेको भन्दै एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बैठकको सुरूमै विरोध गरेका थिए ।

सिन्धुपाल्चोक, नुवाकोट काभ्रे जिल्लाका केही निर्वाचन क्षेत्रमा मात्रै बजेट विनियोजन गरिएको आरोप उनले लगाए ।