५ कार्तिक २०८३, बिहिबार

पक्राउ पर्ने चर्चा चलेपछि आरजु देउवा सुटुक्क जापानतिर…

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असार । नक्कली भुटानी शरणार्थी काण्डमा गृहमन्त्रीले पक्राउ गर्न आदेश दिएको भनेर मिडियामा सार्वजनिक भएकै दिन काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी डा.आरजू राणा देउवा जापान प्रस्थान गरेकी छन् ।

उनी हिजो बेलुकी सवा ७ बजे काठमाडौंबाट सिओल हुँदै कोरियन एअरको उडान नम्बर केई ६९६ बाट टोकियो गएकी हुन् । हिजो नै एउटा दैनिक पत्रिकाले आरजु देउवा र काँग्रेस नेता कृष्ण सिटौलालाई पनि पक्राउ गर्न गृहमन्त्रीले प्रहरीलाई निर्देशन दिएको समाचार प्रकाशित गरेको थियो । तर, पछि गृहमन्त्रालयले समाचार झुटो भएको भन्दै खण्डन गरेको थियो ।

यसअघि श्रीमान देउवाको पेटसम्बन्धी रोगको फलोअपको निम्ति उनी छोरासहित सिंगापुर गएकी थिइन् । ११ दिनपछि गत शुक्रबार मात्र नेपाल फर्केकी राणा हिजो एकाएक जापान गएकी हुन् ।

यद्यपि आरजु हिपको हड्डीको उपचार गराउन जापान गएको बताइएको छ । झण्डै एक वर्षअघि पनि उनी फलोअपको लागि त्यतै गएकी थिइन् । आमा टोकियोमा नेपाली राजदूत छँदा उनको हिपको हड्डीको उपचार गरिएको थियो ।

गत वर्ष साउनमा उनको पाठेघरमा समस्या देखिएपछि नयाँ दिल्लीमा उपचार गरिएको थियो । नेपालमा राम्रो अस्पताल र डाक्टरहरु हुँदाहुँदै पनि देउवा दम्पत्ती भने उपचारको बाहनामा पालैपालो विदेश गइरहेका छन् ।