५ कार्तिक २०८३, बिहिबार

निर्वाचन कार्यालय खारेजको बिषयमा अर्थमन्त्रीको गोलमटोल जवाफ स्वीकार्य छैन: रवि लामिछाने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयको जवाफ माग गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा विरोध जनाउँदै अर्थमन्त्रीले जवाफ दिनुपर्ने र गोलमटोल जवाफ स्वीकार्य नहुने बताए ।

जिल्ला निर्वाचन कार्यालय र जिल्ला तथ्याङ्क कार्यालय खारेज गर्ने सरकारको निर्णयविरुद्ध खारेज नभए सदन चल्न नसक्ने चेतावनी उनले दिए ।

‘लोकतन्त्रमाथिको हमला स्वीकार्य छैन। सदन चल्न सक्दैन। अर्थमन्त्रीज्यूलाई यस विषयमा स्पष्ट पार्न रुलिङ होस्। हामी सदनलाई गरिमामय ढंगबाट अगाडि बढाउन तयार छौँ,’ उनले भने ।