काठमाडौं, १४ जेठ । राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा दिलिप रेग्मी नियुक्त भएका छन् ।
विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जासुसी गर्ने गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा रेग्मीलार्इ नियुक्त गरेको सरकारका प्रवक्ता एंव सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिनुभयो ।
विभागका प्रमुख जितबहादुर केसीले नियमित अवकाश पाएपछि गृहमन्त्रालयको सिफारिसमा रिक्त रहेको पदमा रेग्मीलाई नियुक्त गरिएको हो ।
सरकारले विभागकै रिक्त एआईजी पदमा डिआईजी गणेशराज अधिकारीलाई समेत बढुवा गरेको छ ।












प्रतिक्रिया