– सुशिल नेपाल
पाल्पा, १४ जेठ । नेपालमा न त राम्रो रोजगार नै पाइने, न त परिवारको आर्थिक अवस्था नै राम्रो । यदि परिवारको आर्थिक अवस्था राम्रो भएको भए वा देशमै राम्रो रोजगार पाइने भए नेपालमै रहेर गीतसंगीत क्षेत्रमा रमाउँथे होला । त्यहि कारणले आफनो गीतसंगीत क्षेत्रमा रहर हुँदाहुँदै पनि विवशताले गर्दा बिदेशमा पुगे ।
तर जहाँ भएपनि आफनो रहरलाई चाहने हो भने पूरा गर्न सकिन्छ भनेर देखाएका छन् सन्तोष पौडेलले । पाल्पा जिल्ला पालुङमैनादी गाविस वडा नं ९ मा जन्मेका उनको सानैदेखीको रुचि गीतसंगीत भएपनि परिवारको अवस्थाले गर्दा उनी त्यस क्षेत्रमा आउँन सकेनन ।
उनले भने-‘नेपालमा न त रोजगारी नै पाइने न त गीतसंगित क्षेत्रले मात्रै खान लाउने पुग्ने ?, त्यसैले विदेशमा आएर भए पनि आफनो रहर र कला पुरा गरेँ ।’ उनी अहिले दुवईमा छन् । उनी अहिले त्यहाँ रहेर गीतसंगीत क्षेत्रमा लागिरहेका छन् ।
सानैदेखि बनपाखा तथा घाँसदाउरा गर्दा गीत गुनगुनाउँने उनले कलाकारितामा सानैदेखि आउँन चाहेपनि आर्थिक अवस्थाले गर्दा आउँन सकेनन् । जब उनी बिदेश पुगे तब मात्र उनी एल्बम नै निकालेर यस क्षेत्रमा लागे ।
केहि समय अघिमात्र उनी स्वयम, राजेन्द्र कँडेल र देवि घर्तिको स्वर तथा उनकै लय तथा शव्दमा रहेको ‘हरेक पलमा’ एल्बम निकालेर यस क्षेत्रमा लागे भने भर्खर मात्र पनि उनी स्वयम, राजेन्द्र कंडेल र यमुना अर्यालको स्वर तथा उनकै लय तथा शव्दमा रहेको ‘मन पराउँछु धेरै’ एल्बम ल्याएका छन् ।
उनी भन्छन ‘४ घण्टामात्र सुतेर भएपनि अन्य समय शब्दहरु रचना गर्छु ।’ उनी आफुलाई यस क्षेत्रमा नेपालबाट सहयोग गर्ने राजेन्द्र कंडेललाई सधै सम्झिरहने बताउँछन् ।
उनी आफु जागिर नगरी संगित क्षेत्रमा मात्र लाग्न पनि आर्थिक स्रोतले नदिने र संगित क्षेत्र पनि छोडन नसक्ने बताउँछन् । यसरी विदेशमा रहेर संगित क्षेत्रलाई माया गरेका उनी भविष्यमा नेपालमा रहेर संगित क्षेत्रमै छुटटै नाम कमाउने लक्ष्य राखेका छन् ।















प्रतिक्रिया