
काठमाडौं, ११ असार । गठबन्धनले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यही असार १४ गते लिने विश्वासको मत फेल गराउने निर्णय गरेको छ ।
१४ गतेका लागि प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान भएलगत्तै गठबन्धनको बैठक बसेर विश्वासको मतसम्बन्धी प्रस्ताव फेल गराउने निर्णय गरेको हो ।
गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी रहेका छन् ।
गठबन्धनभित्र कै दलको नेतृत्वमा नयाँ सरकार गठन गर्ने गठबन्धनको तयारी छ ।















प्रतिक्रिया