
काठमाडौं, ११ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरूद्वको मुद्दा आज पनि हेर्न नभ्याइनेमा परेको छ ।
यसअघि हिजो पनि मुद्दा हेर्न नभ्याइनेमा परेको थियो । मुद्दाको पेसी न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको थियो ।
काठमाडौं महानगरमा हिन्दी फिल्म चल्न नदिने बालेको घोषणापछि उच्च अदालतले हिन्दी फिल्न नरोक्न आदेश दिएको थियो । अदालतको आदेशपछि बालेनले अदालतको आदेश नमान्ने अभिव्यकत दिएका थिए ।
बालेनको अभिव्यक्तिपछि अधिवक्ता वर्षाकुमारी झाले गएको शुक्रबार बालेनविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेकी थिइन् ।















प्रतिक्रिया