
काठमाडौं, ११ असार । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले पशुपतिमा राखिएको जलहरी प्रकरणले नेपालीको शिर निहुरिएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पौडेलले धार्मिक आस्थाको केन्द्रमा भ्रष्टाचार जोडिँदा संसारभर नै शिर निहुरिएको बताएका हुन् ।
महालेखाको प्रतिवेदनमा प्रष्ट भनिएको विषयलाई अख्तियारले ढिलो गरी छानबिन सुरू गरेकामा पनि पौडेलले आपत्ति जनाए ।
पौडेलले जहलरी प्रकरणमा सांसदले सदनमा बोलेको कुरा हटाएकोप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले जलहरी प्रकरणको छानबिनका लागि समिति बनाउन माग गरे ।















प्रतिक्रिया