
काठमाडौं, ११ असार । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफू दु:खमा सधै साथ रहेको बताएका छन् ।
मेयर हर्कले आइतबार सामाजिक सञ्जालमा आफूले पसिनाको भेल बगाएर कोकाहा खोलाको पानी ल्याएपनि धरानका दलहरूले मिलेर आफू विरुद्ध मुद्दा लगाएको भन्दै गुनासो गरेका थिए ।
हर्कको स्टाटसमा कमेन्ट गर्दै बालेनले सधै आफू दुखमा साथ रहेको बताएका हुन् ।
‘पसिनाको भेल बगाए अनेक दु:ख गरेर कोकाहाको पानी ल्याएँ । दुनियाँले बधाई दिए तर धरानका दलहरू मिलेर मलाई मुद्दा लगाए । यो कुरा जनताले आफ्नो करङमा लेखेर राख्नु’. हर्कले लेखेका छन् ।
हर्कको स्टाटसमा कमेन्ट गर्दै बालेनले भनेका छन्, ‘केही फरक पर्दैन । कसैले केहि भनेर, सोचेर , केहि फरक पर्दैन । तपाई यती अगाडी पुगिसक्नु भो कि, पछाडी जसले जे बोले पनि फरक पर्दैन । सुखमा सबै साथ होलान्, दुखमा हामी छौँ, म छु, सधैँ हुनेछौँ,’ ।















प्रतिक्रिया