५ कार्तिक २०८३, बिहिबार

पानी तान्ने मोटर निकाल्ने क्रममा इनारमा डुबेर भोटेबहालमा दुईजना युवकको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असार । काठमाडौंको भोटेबहालमा इनारमा डुबेर दुईजना युवकको मृत्यु भएको छ ।

इनारबाट पानी तान्ने मोटर निकाल्ने क्रममा डुबेर उनीहरूको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा झापा घर भएका ३६ वर्षीय दिपेन लिम्बु र सिन्धुली घर भएका २२ वर्षीय जितेश गुरुङ रहेका छन् ।

सुरूमा दिपेन इनारमा पसेका र ननिस्किएपछि बचाउनका लागि जितेश पनि इनारमा पसेका थिए ।

इनार गहिरो भएकाले उनीहरूको शव निकाल्न समय लागेको थियो ।