
काठमाडौं, १० असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरूद्वको मुद्दा हेर्न नभ्याइनेमा परेको छ ।
अदालतको अवहेलना गरेको आरोपमा बालेनविरूद्व सर्वोच्चमा परेको रिट हेर्न नभ्याइनेमा परेको हो ।
अधिवक्ता वर्षाकुमारी झाले दायर गरेको रिट न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासमा परेकामा हेर्न नभ्याइनेमा परेको हो ।
उच्च अदालत पाटनले काठमाडौं महानरभित्र हिन्दी फिल्म चल्न दिन आदेश दिएपछि बालेनले सामाजिक सञ्जालमाफर्त राष्ट्रिय स्वाधिनताका लागि अदालतको आदेश नमान्ने अभिव्यक्ति दिएका थिए ।















प्रतिक्रिया