
काठमाडौ्रं, १० असार । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोली विवादित बनेको पशुपतिको जलहरीको परीक्षणका लागि पुशपतिनाथ मन्दिरमा पुगेको छ ।
अख्यिारले जलहरी राख्ने क्रममा भ्रष्टाचार भएको भन्दै उजुरी परेपछि छानबिन गरिरहेको छ ।
अख्तियारका अनुसन्धान अधिकारीको रोहबरमा सुनचाँदी व्यवसायी संघका पदाधिकारी एवं विज्ञका साथै खानी तथा भूगर्भविभागका अधिकारीहरु र पशुपति विकास कोषका पदाधिकारीलाई समेत राखेर सुनको जलहरी तौलने र गुणस्तरसमेत जाँचिने भएको हो ।
अख्तियारको टोली पुगेपछि पशुपतिनाथ मन्दिर परिसर खाली गरिएको छ। दर्शन गर्न पुगेका सबैलाई निकालेर खाली गरिएपछि अहिले अख्तियारको टोली पुगेको हो । अहिले पशुपतिनाथका सबै चार ढोका बन्द गरिएको छ।
यसअघि महालेखा परीक्षकको प्रतिवेदनले पनि जलहरी राख्ने क्रममा भ्रष्टाचार भएको देखाएको थियो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा पशुपतिनाथमा राखिएको १०८ किलोको सुनको जलहरीमा ११ किलो कम सुन रहेको भन्दै विवाद उत्पन्न भएको थियो ।















प्रतिक्रिया