
काठमाडौं, १० असार । रूसमा गृहयुद्द छेडेको निजी सैनिक बल वाग्नर विद्रोहबाट पछाडि हटेको छ ।
वाग्नरले एकाएक गृहयुद्द सुरू गरेपछि तत्काल थालिएको वार्तापछि वाग्नर समूहका प्रमुख यभगेनी प्रिगोजिन युद्द रोक्न सहमत भएका हुन् ।
राष्ट्रपति भ्लादिमिर पुटिनविरूद्व उत्रिएका उनी बेलारूसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोसँगको वार्तापछि पछाडि हट्न सहमत भएका हुन् ।
वार्तामा प्रिगोजिन बेलारूसमा शरण लिने सहमति भएको छ । सहमति बमोजिम प्रिगोजिन शरणका लागि बेलारूस गएका छन् । युद्द रोक्ने सहमति भएसँगै मस्कोतर्फ अगाडि बढिरहेका वाग्नर सेनाहरू फिर्ता भएका छन् ।
वार्तामा प्रिगजोनमाथि लगाइएको फौजदारी अभियोग खारेज गर्ने सहमति पनि बनेको छ । तर विज्ञहरूले भने अझै खतरा टरिनसकेको बताएका छन् ।
दुर्लभ विद्रोह नतिजा बिना यति चाँडो हराउने सम्भावना नभएको उनीहरू बताउँछन् । यद्वबाट पछाडि हट्ने सहमति भएपनि अब प्रिगोजिनको भूमिका के हुने र तिनका सबै लडाकुहरूलाई रूसको सेनामा अनुबन्ध गर्ने कि नगर्ने भन्ने स्पष्ट भएको छैन । जसले गर्दा पनि अझै खतरा नटरेको विष्लेषकहरूको आँकलन छ ।















प्रतिक्रिया