१ कार्तिक २०८३, आइतबार

वाग्नर सैनिक मस्कोतर्फ अगाडि बढ्दै, घरबाहिर ननिस्कन मस्कोका मेयरको अपिल

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असार । रूसी सरकारी सेनाविरूद्व विद्रोह सुरू गरेको निजी अर्धसैनिक बल वाग्नर समूह राजधानी मस्कोतर्फ अगाडि बढिरहेको छ ।

मस्कोको लिपेत्स्कको क्षेत्रका गभर्नरले वाग्नर उत्तर मस्कोतर्फ जाँदै गरेको देखिएको पुष्टि गरेका छन् ।

वाग्नर सेनाहरू छिट्टै मस्को प्रवेश गर्ने कुराले रूसी अधिकारीहरू चिन्तित बनेका छन् । मस्कोका मेयर सर्गेई सोब्यानिनले वाग्नरसँग प्रतिरोधका लागि तयारी अवस्थामा रहेका बताएका छन् । मस्कोका सडकहरू बन्द गरिएका छन् ।

यसैबीच मस्कोका मेयरले मानिसहरूलाई घर बाहिर ननिस्कन अपिल गरेका छन् भने नन् वर्किङ डे घोषणा गरिएको छ ।

वाग्नरले हालसम्म दक्षिणी रूसको रोस्तोभ-अन-डन, भोरोनेज, क्रास्नोडार र भोल्गोग्राड लगायतका सहरहरू कब्जामा लिइसकेका बताइएको छ ।