
काठमाडौं, ९ असार । रूसी सैनिकविरूद्व नै युद्द छेडेको रुसको शक्तिशाली निजी अर्धसैनिक समूह वाग्नरले राष्ट्रपति भ्लादिमर पुटिनविरुद्ध विद्रोहको घोषणा गरेको छ ।
वाग्नरले पुटिनलाई राष्ट्रपतिमा छनोट गरेर गलत भएको भन्दै छिट्टै नयाँ राष्ट्रपति आउने घोषणा गरेको छ । वाग्नर समूह अहिले राजधानी मस्कोतर्फ अगाडि बढिरहेको छ ।
ठाउँ ठाउँमा रूसी सेनासँग भीषण लडाई परिरहेको बताइएको छ । वाग्नरले हालसम्म दुई रूसी शहरहरूलाई नियन्त्रणमा लिइसकेको दाबी गरेको छ ।
यस्तै भिडन्तका क्रममा दुई वटा रूसी हेलिकप्टर खसालेको दाबी पनि गरिएको छ । यसैबीच वाग्नर समूह मस्कोतर्फ अगाडि बढेपछि राष्ट्रपति पुटिनले कठिन स्थिति आएको बताएका छन् ।
युक्रेनविरूद्व युद्द गरिरहेको रूसविरूद्द देशभित्र कै अर्धसैनिक बल लागेपछि पुटिन गम्भीर अवस्थामा पुगेका आँकलन गर्न थालिएको छ ।















प्रतिक्रिया