२ कार्तिक २०८३, सोमबार

कारागारभित्रै कैदीले कुटे प्रहरी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असार । कैलाली कारागारभित्र कैदीले प्रहरीमाथि कुटपिट गरेका छन् ।

कारागारभित्र अनुगमनमा गएका प्रहरीमाथि कैदीले आक्रमण गरेका हुन् ।

कैदीबन्दीको आक्रमणमा परेर जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक(असई) भूपेन्द्र सामन्त घाइते भएका छन् ।

अनुगमन सकेर निस्कने क्रममा कैदीले आक्रमण गरेका हुन् । प्रहरीले कारागारभित्रबाट १५ थान मोबाइल, ३३ थान चार्जर र एक लाख चार हजार भारतीय रुपैयाँ बरामद गरेको छ ।