
नुवाकोट, ९ असार । नवाकोटको किस्पाङ गाउँपालिका-१ नोचेत स्थित जंगलमा भरुवा बन्दुक पड्किँदा एकजना गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा स्थानीय १९ वर्षीय विजय तामाङ रहेका छन् । गएराति विजयसहित ४५ वर्षीय कुलबहादुर तामाङ र २६ वर्षीय लालिमान तामाङ लोड अवस्थामा रहेको भरुवा बन्दुक बोकेर दुम्सी मार्न जंगल हिँडेकोमा अचानक बन्दुक पड्किँदा विजय घाइते भएको बागमी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
विजयको दाहिने कोखामा चोट लागेको छ । उनलाई आज बिहान जिल्ला अस्पतालबाट थप उपचारको लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले भरुवा बन्दुकसहित कुलबहादुर र लालिमानलाई नियन्त्रणमा लिएको छ ।











प्रतिक्रिया