२९ आश्विन २०८३, बिहिबार

यस पटक मलको अभाव हुन नदिने प्रधानमन्त्रीको दाबी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ८ असार ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस वर्ष धान बालीका लागि चाहिने रासायनिक मलको अभाव हुन नदिने दाबी गरेका छन् ।

संसदमा भएको प्रश्नोत्तर कार्यक्रममा जनमत पार्टीका सांसद अब्दुल खानले मल अभावबारे प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री दाहालले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएकाले यो पटक मलको अभाव नहुने दाबी गरेका हुन । उनले ३ लाख ५१ हजार मेट्रिक टन मल आयात भएको समेत जानकारी गराए ।

प्रधानमन्त्री दाहालले यो महिनाभित्र कोलकत्ताबाट ४५ हजार मेट्रिकटन भित्रिने बताउदै ‘विगतको जस्तो मल अभाव हुने अवस्था नभएको जानकारी दिएका छन् ।