
काठमाडौं, ८ असार । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गत आमचुनाव पछिको नेपाली राजनीतिको दिशा र गति झनझन उतारचढावपूर्ण बन्दै गएको बताएका छन् ।
उनले नेपाली राजनीतिको दिशा र गति झनझन उतारचढावपूर्ण बन्दै जानु देश र जनताकोनिम्ति हितकर नरहेको उल्लेख गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले यसको कारण विद्यमान निर्वाचन प्रणालीमा अन्तर्निहीत अस्थीरता, दलका प्रमुख नेताहरूको अल्पदृष्टि र असिमित महत्वाकांक्षा, भूराजनीतिको निरन्तर दृश्यअदृश्य दबाब, राज्यका स्थायी अंगहरूको क्षयीकरण/भ्रष्टीकरण हुनसक्ने बताएका छन् ।
उनले यस्तो अवस्थामा पालैपालो कुर्सी साटासाटमा समय खेर फाल्नुको सट्टा संसदको कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण गर्न सुझाव दिएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै भट्टराईले भनेका छन्ः
गत आमचुनाव यताको नेपाली राजनीतिको दिशा र गति झन्नझन् उतारचढावपूर्ण(turbulent)बन्दै जानु देश र जनताकोनिम्ति हितकर छैन!विद्यमान निर्वाचन प्रणालीमा अन्तर्निहीत अस्थीरता,दलका प्रमुख नेताहरूको अल्पदृष्टि र असीमित महत्वाकांक्षा,भूराजनीतिको निरन्तर दृश्यअदृश्य दबाब,राज्यका स्थायी अंगहरूको क्षयीकरण/भ्रष्टीकरण आदि यसका प्रमुख कारण हुनसक्छन्! यस्तो अवस्थामा पालैपालो कुर्सी साटासाटमा समय खेर फाल्नुसट्टा यो संसदको कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण,संविधान र कानूनमा आवश्यक सुधार,शान्तिप्रकृयाका बाॅकी कामको समापन,थप जटील बन्दै गएको भूराजनीतिको कुशल व्यवस्थापन,जनसरोकारका तात्कालिक मुद्दाहरूको संवोधन गर्दा ठीक होला कि? नत्र समयले कसैलाई नपर्खन सक्छ!











प्रतिक्रिया