२८ कार्तिक २०८३, शनिबार

अध्यक्ष ओली राष्ट्रिय धान दिवस मनाउन चितवन जाने (भिडिओ)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असार । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यहि असार १५ गते चितवन जाने भएका छन् ।

राष्ट्रिय धान दिवसको अवसरमा चितवनमा हुने एक विशेष कार्यक्रममा सहभागि हुन अध्यक्ष ओली चितवन जाने भएका हुन् । शुक्रबार बिहान सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै उनले सबैलाई चितवन आउन आग्रह समेत गरेका छन् ।

अध्यक्ष ओलीले अब कृषिलाई निर्वाहमुखी नभइ कमाइको रूपमा अघि बढाउनु पर्ने उल्लेख गरेका छन् । ‘मानव जीवन र जीवीकाका लागि कृषि अनिर्वाय छ । तर अब कृषिलाई आधुनिकता, रोजगारी, उद्यमशिलता र कमाइको विषय पनि बनाउनु पदर्छ ।’ अध्यक्ष ओलीले भनेका छन्, ‘त्यसका लागि चितवनमा १५ गते विशेष कार्यक्रमको आयोजना भइरहेको छ । चितवनमा भेटौंला, म सबैलाई चितवन आउन हार्दिक आग्रह गर्दछु । १५ गते असार, धान दिवसको दिन ।’