
काठमाडौं, ८ असार । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८३ पैसा र बिक्री दर १३१ रुपैयाँ ४३ पैसा तोकिएको छ भने युरो एकको खरिद दर १४४ रुपैयाँ ०३ पैसा र बिक्री दर १४४ रुपैयाँ ६९ पैसा रहेको छ ।
यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २७ पैसा र बिक्री दर १६८ रुपैयाँ ०४ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९१ पैसा र बिक्री दर ३६ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
















प्रतिक्रिया