२ कार्तिक २०८३, सोमबार

बालेनको निर्णयमा अदालत बाधक, हिन्दी फिल्न नरोक्न अन्तरिम आदेश

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असार । काठमाडौं महानरपालिकाका मेयर बालेन साहको निर्णयमा अदालत बाधक बनेको छ ।

विवादास्पद दक्षिण भारतीय चलचित्र आदिपुरूषको विषयलाई लिएर बालेनले काठमाडौं महानगरभित्र सम्पूर्ण हिन्दी फिल्म चल्न नदिने निर्णय गरेका थिए ।

बालेनको निर्णयविरूद्व उच्च अदालत पाटनले फिल्म नरोक्न अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको इजलासले ‘हिन्दी लगायत कुनै पनि फिल्म रोक नलगाउनू र यथास्थितिमा चल्न दिनू’ भन्दै आदेश दिएको हो ।

यस्तै अदालतले छलफलका लागि असार १२ गते दुबै पक्षलाई बोलाएको छ। बालेनको निर्णयविरूद्व चलचित्र संघले अदालतमा रिट दायर गरेको थियो ।