
काठमाडौं, ७ असार । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवासायी महासंघकाअनुसार आज छापावाल सुन मूल्य पाँचसयले घट्दै प्रतितोला एक लाख १० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुन तोलामा एक लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघकाअनुसार आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया