काठमाडौं, १४ जेठ । काठमाडौं केन्द्रविन्दू रहेको भूकम्पको पराकम्पनसहित आज बिहानै चार वटा धक्का महशुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काठमाडौं, दोलखा तथा गोरखा–धादिङमा गरी चार वटा भूकम्पका पराकम्पन गएका छन् । भूकम्पको धक्का राजधानीमा ठूलै महशुस गरिएको छ ।
केन्द्रका अनुसार बिहान ५ बजेर २९ मिनटमा दोलखाको गौरीशंकर संरक्षण क्षेत्रमा ४ दशमलव २ म्याग्नेच्युटको पराकम्पन गएको छ ।
त्यसै गरी काठमाडौंको सैँबु नजिकै केन्द्रविन्दू रहेको ४ म्याग्ने च्युटको भूकम्पको पराकम्पन बिहान ५ बजेर १२ मिनटमा गएको छ ।
त्यसै गरी गोरखा र धादिङको सीमानामा केन्द्रविन्दू रहेका दुई वटा पराकम्पन गएका छन् । दुबै पराकम्पन ४ म्याग्नेच्युटका थिए ।
पहिलो पराकम्पन बिहान ३ बजेर ७ मिनटमा सल्यानटार नजिक र दोस्रो पराकम्पन ३ बजेर ४० मिनटमा भाल्चे नजिक गएको थियो ।















प्रतिक्रिया