२९ आश्विन २०८३, बिहिबार

सिटिजन्स बैंक नेपालगञ्जमा बालिका शिक्षा मुद्धति खाता योजना सन्चालन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असार । सिटिजन्स बैंकले नेपालगञ्जमा बालिका शिक्षा तथा बाल विवाह न्यूनिकरण मुद्धति खाता योजना सन्चालन गरेको छ ।

ग्रामीण नेपालका बालिकाहरुको प्राथमिक शिक्षालाई प्रोत्साहन र बालविवाहलाई न्यूनिकरण गर्ने मुख्य उद्देश्यका साथ सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड नेपालगञ्ज शाखा र नेपालगञ्ज उप–महानगरपालिका बाँकेबिच बालिका शिक्षा तथा बालविवाह न्यूनिकरण मुद्धति खाता योजना नामक कार्यक्रमका लागि सम्झौता भएको हो ।

बालिकाहरुलाई बाल विवाह हुनबाट बचाउने र शिक्षामा निरन्तरता कायम राख्ने मुख्य उदेश्य रहेको बैंकले जनाएको छ । बालिका शिक्षा तथा बाल विवाह न्यूनिकरण मुद्धतिखाता योजना कार्यान्वयनका लागि नेपालगञ्ज उपमहानगरपालिका विविध कोष अन्तर्गत बालिकाहरुको नाममा मुद्धति खाता खोली कार्यविधि बमोजिमको रकम खातामा जम्मा गर्ने योजना रहेको छ । बालिकाहरुको लागि बैंक खाता खोल्ने र उपलब्ध सबै भन्दा अनुकूल ब्याज दरमा रु २५ हजारको मुद्दती निक्षेप राख्ने सहमति भएको हो ।

यस कार्यक्रमले बालविवाह घटाउन र यस क्षेत्रका युवा छात्राहरूको प्राथमिक, माध्यमिक र उच्च माध्यमिक शिक्षा पूरा गर्न महत्तवपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कोषको उचित सदुपयोग सुनिश्चित गर्न, खातावालाहरूले नेपालगन्ज उपमहानगरपालिका बाँकेबाट सिफारिस पत्र प्राप्त गरेपछि मात्र रकम झिक्न सक्नेछन् । आफ्नो शिक्षा सफलतापूर्वक पूरा गर्ने र २० वर्षको उमेर अघि विवाह नगर्ने बालिकाहरुलाई मात्र सो पत्र जारी गरिनेछ ।