
काठमाडौं, ६ असार । काठमाडौं महागनगरपालिका मेयर बालेन शाहका शिक्षा सल्लाहकार रेशु अर्याल ढुंगानाले पदबाट राजीनामा दिएकी छन्।
मेयर बालेनले क्षेत्राधिकार भन्दा बाहिर गएर काम गरेको भन्दै उनले पदबाट राजीनामा दिएकी हुन् ।
अर्यालले सामाजिक सञ्जालबाट मेयर शाहको गतिविधिप्रति चित्त नबुझेपछि राजीनामा दिएको उल्लेख गरेकी छन् । उनले यही कारण राजीनामा दिएको भनेर उल्लेख भने गरेकी छैनन् ।
उनी चलचित्र निर्माता तथा निर्देशक भाष्कर ढुंगानाकी श्रीमती हुन् । बालेनले काठमाडौंमा हिन्दी चलचित्र बन्द गरेपछि उनी असन्तुष्ट भएर राजीनामा दिएकी बताइएको छ ।















प्रतिक्रिया