५ कार्तिक २०८३, बिहिबार

सांसद सुमनाको आग्रह- राजनीतिको लडाईँमा पढ्न चाहने विद्यार्थीहरूलाई विवश नबनाऔँ ‘प्लिज’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असार । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले शिक्षक र विद्यार्थीबीचको लडाईँले पढ्न चाहने विद्यार्थीलाई असर परिरहेको बताएकी छिन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद श्रेष्ठले पढ्न चाहाने विद्यार्थीलाई राजनीतिको लडाइँमा विवश नबनाउन हात जोडेर आग्रह गरेकी हुन्।

शिक्षक र विद्यार्थीहरूको साँढे जुधाईमा पढ्न मात्र चाहने विद्यार्थीहरू परेको उनले बताइन् ।

‘राजनीतिक दलहरूका भ्रातृ संगठनरूपी शिक्षक र विद्यार्थीहरूको साँढे जुधाईमा वास्तवमा पढ्न मात्रै चाहने विद्यार्थीहरू बाछोको मिचाइमा परिरहेका छन्। राजनीतिको लडाइँमा पढ्न चाहने विद्यार्थीहरूलाई विवश नबनाऔं ‘प्लिज’ विवश नबनाऔं। उहाँहरूलाई होस्टेज नराखौं। त्यसैले म माग पनि गर्न चाहन्छु,’उनले भनिन् ।